हङकङ कोरोना न्युज अपडेट : हङकङमा लगातार दोश्रो दिन सङ्क्रमित संख्या शून्य…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हङकङमा लगातार दोश्रो दिन कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको छ।

हिजो विहीवार ७ महिनापछि पहिलो पटक हङकङमा कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको थियो। आज पनि स्थानीय र आयातित सङ्क्रमित नथपिएको जनाएको छ।

हालसम्म कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८३७ रहेको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार २६ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42585