हङकङ कोरोना न्युज अपडेट : टिन शुई वाईमा एम्बुस लकडाउन…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ जुन। एक १७ वर्षीया किशोरीमा सम्भावित म्युटन्ट स्ट्रेन भाइरस देखिएपछि टिन शुई वाईमा निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको छ।

Shing Yu House, Block P, Tin Shing Court, 3 Tin Ching Street, Tin Shui Wai मा साँझ ८ बजेदेखि लकडाउन जारी गरेर यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

सरकारले त्यहाँका बासिन्दालाई अनिवार्य परीक्षण नसकिएसम्म परिसरमै रहन आग्रह गरिएको छ। भाइरस टेस्ट भोलि बिहान ७ बजेभित्र पूरा गरिनसक्ने जनाएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हङकङमा आज १ जना आयातित कोरोना सङ्क्रमित थपिएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८५१ पुगेको छ।

आयातित सङ्क्रमितमा अस्ट्रियाबाट आएकी २१ वर्षीया महिला रहेकी छन्।

कोरोना सङ्क्रमित ३० जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42756