हङकङ कोरोना न्युज अपडेट : १७ वर्षीया किशोरीमा देखियो अल्फा भेरियन्ट भाइरस…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार एक जना स्थानीय कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,८५२ पुगेको छ।

.

स्थानीय कोरोना सङ्क्रमितमा १७ वर्षीया किशोरी रहेकी छन्। उनमा अल्फा भेरियन्ट भाइरस पुष्टि भएको जनाइएको छ। उनी Queen Elizabeth School Old Students’ Association Tong Kwok Wah Secondary School मा अध्ययनरत विद्यार्थी हुन्। उनकी आमालाई पनि सङ्क्रमणको आशंका गरिएको छ।

कोरोना सङ्क्रमित २६ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42770