हङकङ कोरोना न्युज अपडेट : १७ वर्षीया छोरीबाट आमालाई सर्यो अल्फा भेरियन्ट भाइरस…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार एक जना स्थानीय कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

त्यस्तै छ जना आयातित गरी ७ जना थपिएको छ। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,८५९ पुगेको छ।

.

स्थानीय कोरोना सङ्क्रमितमा १७ वर्षीया किशोरीकी ५३ वर्षीया आमा रहेकी छन्। छोरीमा शनिवार बेलायतमा देखा परेको अल्फा भेरियन्ट भाइरस पुष्टि भएको थियो। छोरी Queen Elizabeth School Old Students’ Association Tong Kwok Wah Secondary School मा अध्ययनरत विद्यार्थी हुन्। छोरीबाट आमालाई पनि सङ्क्रमण भएको हो। त्यस्तै किशोरीकी २० वर्षीया दिदीमा समेत सङ्क्रमणको आशंका गरिएको छ।

आयातित सङ्क्रमितहरुमा फ्रान्स, भारत, इन्डोनेसिया, फिलिपिन्स र संयुक्त अरब इमिरेट्सबाट आएका रहेका छन्।

कोरोना सङ्क्रमित २७ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42791