हङकङ कोरोना न्युज अपडेट : लगातार छैठौं दिन लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ। स्थानीय सङ्क्रमित संख्या लगातार शून्यमा झरेको यो छैठौं दिन हो।

हालसम्म हङकङमा कोरोना सङ्क्रमितको संख्या कुल संख्या ११,८७८ पुगेको छ।

.

अहिले कोरोना सङ्क्रमित ३९ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

आज ५४,००६ जनाले कोरोनाबिरुद्ध खोप लगाएका छन्। करीव १७,०७९४६ जनाले कोरोनाबिरुद्ध पहिलो र ११,८३,७४२ जनाले दोस्रो डोज लिइसकेका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध २८,९१,६८८ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42949