सङ्क्रमित सङ्ख्या निरन्तर ओरालो

कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ। विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख नौ हजार १८५ पुगेको छ । कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ।

फाइल फोटो

विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ४१२ पुगको छ । नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार सात हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको जानकारी दिए । कुल १२ हजार ४०६ जनाको परीक्षण गरिएको मा दुई हजार ४०७ जनालाई कोरोना पुष्टि भएको हो।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौ ँमा ४८३, भक्तपुर मा ५८ र ललितपुमा ११२ जना सङ्क्रमित थपिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

42963