हङकङमा भारतीय पसलमा तोडफोड ३ घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ जुन। भारतीयद्वारा सञ्चालित सिंह प्रोविजन स्टोरमा गएराति तोडफोड भएको छ।

To Kwa Wan को No. 48, Ha Heung Road मा सञ्चालित स्टोरभित्र ४ जना भारतीय पसेर तोडफोड गर्नुका साथै त्यहाँ रहेका ३ जनामाथि सांघातिक आक्रमण गरेका छन्।

तोडफोड

बेसबल ब्याट र बोटलको प्रहारबाट सीसाका दराज, तखता, पंखालगायत फुटेका छन्। घाइतेहरुको टाउको घाँटी हात खुट्टामा चोट लागेको छ।

तोडफोड र आक्रमण गरेर उनीहरु भागेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।

फोटो सौजन्यः एचके अन सीसी




Leave a Reply

42966
%d bloggers like this: