हङकङ कोरोना न्युज अपडेट : लगातार सातौं दिन लोकल केस जिरो, १ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ। स्थानीय सङ्क्रमित संख्या लगातार शून्यमा झरेको यो सातौं दिन हो।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएको छ। आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएकी ४० वर्षीया महिला रहेकी छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या कुल संख्या ११,८७९ पुगेको छ।

.

अहिले कोरोना सङ्क्रमित ३७ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

आज ४२,४७८ जनाले कोरोनाबिरुद्ध खोप लगाएका छन्। करीव १७,३८०९४ जनाले कोरोनाबिरुद्ध पहिलो र ११,९६२११ जनाले दोस्रो डोज लिइसकेका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध २९,३४,३०५ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42969