हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, १ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि, १ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या कुल संख्या ११,८८६ पुगेको छ।

.

आयातित सङ्क्रमितमा एक जना बेलायतबाट आएकी १९ वर्षीया महिला रहेकी छन्।

अहिले कोरोना सङ्क्रमित ३१ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

आज ५१,४८७ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध कुल ३१,८२,५२० खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43062