हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, ३ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।

स्थानीय सङ्क्रमित नथपिएको लगात्तार यो १६ औं दिन हो।

यद्यपि, ३ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,८९० पुगेको छ।

.

आयातित सङ्क्रमितहरुमा बेलायतबाट आएका २ जना र इन्डोनेसियाबाट आएका १ जना रहेका छन्।

अहिले कोरोना सङ्क्रमित २९ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

आज ३९,९३० जनाले कोरोनाबिरुद्ध खोप लगाएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३२,२०,५७४ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43110