गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत ” चिसो चिसो हावा चल्यो ” विश्व संगीत दिवस “को अवसर पारी सार्वजनिक गरेका छन्।

आफ्नै युट्युब च्यानल मार्फत “लिरिकल भिडियो “को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ।

जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो।

धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ बर्षदेखि धरानमै आफ्नो व्यवसायसंगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्दछन।

धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले “चिसो चिसो” बोलको गीत पनि धेरै पल्ट गाइसकेका छन्।

एक बर्ष अघिको कोभिड महामारीमा केही गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक बर्षपछि नयाँ गीत सार्वजनिक गरेका हुन्।

यही गीतको छिट्टै म्युजिक भिडियोसमेत बनाउने तयारीमा छन् गायक रोहित मास्के।

म्युजिक भिडियो:





Comments

comments

Leave a Reply

43116