हङकङ कोरोना न्युज अपडेट : १ स्थानीय र ६ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार १ स्थानीय र ६ जना आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९०६ पुगेको छ।

.

स्थानीय सङ्क्रमितमा Wan Hang House Wan Tau Tong Estate Tai Po मा बस्ने २७ वर्षीय पुरुष रहेका छन्। उनमा डेल्टा भेरियन्ट देखिएको जनाइएको छ।

आयातित सङ्क्रमितहरुमा बेलायतबाट फर्केका ४ जना विद्यार्थी र इन्डोनेसियाबाट आएका १ घरेलुकामदारसहित २ जना रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ३४ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43184