हङकङमा पौडी खेल्ने क्रममा एक भारतीयको डुबेर मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ जुलाई। पौडी खेल्ने क्रममा डुबेर एक जना भारतीय पुरुषको विहीवार दिउंसो मृत्यु भएको छ।

लान ताउस्थित पुई ओ बिचमा पौडी खेल्ने क्रममा अन्दाजी ५० देखि ६० वर्ष उमेरका भारतीय पुरुषको मृत्यु भएको स्थानीय समाचार माध्यममले जनाएको छ।

दिउंसो करीब पौने १ बजेतिर श्रीमान बेपत्ता भएको थाहा पाएपछि श्रीमतिले प्रहरीलाई खबर गरेकी थिइन्।

मरिन प्रहरी र फायरफाइटर्सको टिमले बेपत्ता भारतीयलाई ३ बजेमात्र फेला परेका थिए। तत्काल उद्धार गरेर अस्पताल लगिए पनि त्यहाँ उनलाई मृत घोषित गरेको थियो।

फोटो सौजन्यः एचके अन सीसी

मृतकको पहिचान खुलाइएको छैन।

कोरोना महामारीका कारण हङकङमा हाल केवल १७ वटा बिच (समुद्र तट)मा पौडी खेल्नलाई व्यवस्थित पारिएको छ। तर, पुई ओ बिच त्यस सूचीमा सूचीबद्ध नभएको पाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

43302