अपडेटः हङकङ सरकारले ५ हजारको भाउचर बाँड्दैः पहिलो किस्ताको लागि भोलिसम्म नाम दर्ता गराईसक्नु पर्ने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ जुलाई। अगष्ट १ तारिखदेखि पैसा लिन इच्छुक नागरिकहरूले भोलि शनिवारसम्म नाम दर्ता गराइसक्नु पर्ने भएको छ।

हङकङ सरकारले १८ वर्ष पुगेका सबै नागरिकलाई वितरण गरिन लागेको ५ हजार डलरको पहिलो किस्ता २ हजार डलरको भाउचर अगष्ट १ तारिखदेखि वितरण गर्दै छ। सोही अनुसार अगष्ट १ तारिखदेखि पहिलो किस्ता प्राप्त गर्न भोलि शनिवारसम्म नाम दर्ता गराइसक्नु पर्ने बताएको छ।

आज शुक्रवार ६ बजेसम्म ५८ लाख बढीले आफ्नो नाम दर्ता गराइसकेका छन्।

नाम दर्ता प्रक्रिया जुलाई ४ तारिखदेखि शुरु भएको थियो।

अधिकांशले iAM Smart app बाट नाम दर्ता गराएका हुन्।

अक्टोपस, अलिपे, वीच्याट पे र ट्याप एण्ड गोमार्फत किस्ताबन्दीमा भाउचर रकम प्राप्त गर्न सकिने छ।

नाम दर्ता गर्ने लिङ्कः
https://www.consumptionvoucher.gov.hk/tc/index.html

थप जानकारीको लागि यो भिडियो हेर्नुहोलाः





Comments

comments

Leave a Reply

43384