हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५७ पुगेको छ।

.

आयातित सङ्क्रमितमा युनाइटेड अरब इमिरेट्सबाट आएकी ४० वर्षीया महिला रहेकी छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३३ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43658