हङकङमा जुवा खालबाट ५ नेपाली पक्राउ…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ जुलाई। हङकङ प्रहरीको विशेष ड्युटी स्क्वाडले शुक्रवार साँझ जुवा खालबाट ५ जना नेपालीलाई पक्राउ गरेको छ।

Photo: Hk on cc

प्रहरीले जुवा खेलेको र सञ्चालन गरेको भन्दै साँझ ६ बजे ५ जना नेपालीलाई १९९ टेम्पल स्ट्रीटबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुवा सञ्चालक २७ वर्षीय नेपाली पुरुष, ३१ देखि ५३ वर्ष उमेरका २ पुरुष र २ नेपाली महिला रहेका छन्।

उनीहरुलाई हङकङको कानुनअनुसार कोरोना महामारीको बेला सामाजिक दूरीको नियम उलङ्घन गरेको, गैरकानुनी रुपमा जुवा खेलेको र सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको हो।

Photo: Hk on cc

उनीहरु सबै नेपाली पुरुष र महिलाहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान थालेको समाचारमा जनाएको छ।

प्रहरीले उनीहरुबाट आर्केड मेशिन, तास र केही रकम बरामद गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

43674