न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।
यद्यपि, ३ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९४३ पुगेको छ।
[wds id=”2″]
.
आयातित सङ्क्रमितहरु तीनै जना बेलायतबाट आएका १५ देखि २० वर्ष उमेरका विद्यार्थी रहेका छन्।
यतिबेला कोरोना सङ्क्रमित ५८ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।
कोरोना सङ्क्रणका कारण हङकङमा २११ ले ज्यान गुमाएका छन्।
आज ५२,९०५ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३९,६१,६९५ खोप दिइसकेको छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्