हङकङ कोरोना न्युज अपडेट : हङकङमा कोरोनाबाट थप १ जनाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ जुलाई। हङकङमा कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१२ पुगेको छ।

.

मृत्यु हुनेमा ७८ वर्षीय दीर्घरोगी विरामी रहेका छन्। ४ डिसेम्बर २०२० मा विरामी भएर उपचारको लागि क्वोङ वाह अस्पतालमा लगिदा उनमा कोरोना पोजिटिभ देखिएको थियो। उपाचारपछि कोरोना नेगेटिभ रिजल्ट आए पनि स्वास्थ्यमा सुधार नआएपछि गए राति उनको निधन भएको जनाएको छ।

त्यस्तै, सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार १ जना आयातित सङ्क्रमित थपिएको जनाएको छ। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९४४ पुगेको छ।

आयातित सङ्क्रमितमा बेलायतबाट आएका १८ वर्षीय १ विद्यार्थी रहेका छन्।

यतिबेला कोरोना सङ्क्रमित ५९ जनाको उपचार भइरहेको जनाइएको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43419