हङकङ: शक्तिशाली बम बनाएको आरोपमा ६ स्कुले बालबालिकासहित ९ पक्राउ

एजेन्सी-

हङकङ: हङकङमा ६ जना स्कुले बालबालिकासहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा पक्राउ परेका छन्।

फाइल फोटो

उनीहरुमाथि प्रहरीले आतंकवादी अभियोगमा पक्राउ गरेको मंगलबार घोषणा गरेको छ। उनीहरुलाई प्रहरीले सोमबार नै पक्राउ गरेको थियो । जसमध्ये ५ जना पुरुष र ४ महिला १५ देखि ३९ वर्ष समूहका छन्। प्रहरीका अनुसार उनीहरुले यस विस्फोटक पदार्थ बनाएर आतंकवादी गतिविधिका लागि षड्यन्त्र गरिरहेका थिए।

“हिजो हामीले गरेको अपरेशन ती गिरोहहरुविरुद्ध थियो, जसले होस्टेलभित्रै घरेलु ल्याबमा विस्फोट पदार्थ बनाइरहेका थिए,” वरिष्ठ प्रहरी निरीक्षक स्टेभ ली ले बताए।

प्रहरीका अनुसार यस समूहका ९ जना स्वतन्त्रता समूहका सदस्य समेत थिए । र ६ जना चाहिँ १९ वर्षमुनिका थिए। साथै ३ जना वयस्क थिए । जो स्थानीय विश्वविद्यालयमा कार्यरत थिए।

उनीहरुले यस विस्फोटक पदार्थ बनाएर रेल वे नेटवर्क, अदालत लगायत सार्वजनिक सम्पत्तिका संरचनामाथि हमला गर्ने योजना बनाइरहेको समेत प्रहरीको आरोप छ।

हङकङमा २०१९ मा ६ महिना भन्दा लामो समयसम्म चलेको प्रजातन्त्रवादीहरुको विशाल प्रदर्शनसँगै पछिल्लो समय ठूलो मात्रामा सरकार विरोधी भावना पैदा हुँदैआएको छ। पछिल्लो समय ठूलो संख्यामा मानिसहरु पक्राउ पर्न थालेका पनि छन्।





Comments

comments

Leave a Reply

43432