रसुवामा दुर्गम गाउँका चेलीहरु अभाव, प्रभाव र दबाबले नेपाल चीनको सीमा केरुङ बजारचर्फ बेचिने गरेका छन्।
फाईल फोटो
प्रहरी र प्रशासनले रोक्न जति प्रयास गर्दा पनि सकेका छैनन्। कान्तिपुर दैनिकमा समाचार छ। प्रहरीको तथ्थांकअनुसार केरुङमा ३ वटा डिस्को चलेका छन्।
ती सबै डिस्कोमा १९ वर्ष कम उमेर नेपाली युवती छन्। विगतमा रसुवा भेगका चेलीहरु भारत पुराइन्थे। अहिले गन्तब्य बदलिएको छ। सीमावर्ती बजार केरुङका डान्सबारमा पुर्याइन्छ।