गुरुङ चलचित्र संस्था जिफानको अध्यक्षमा पुनः श्याम, ५ ले राजीनामा दिए

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान)को पोखरामा शनिवार सम्पन्न चौथो राष्ट्रिय अधिवेशनले पुनः बेदबहादुर गुरुङ श्यामको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा राजबहादुर गुरुङ (राजेश), द्धितीय उपाध्यक्षमा सुवेदार जसबहादुर गुरुङ, महासचिवमा प्रितम गुरुङ र कोषाध्यक्षमा गिरीप्रसाद गुरुङ निर्विरोध चयन हुनुभएको हो। अध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका पदहरुमा एक एक जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएका हुन् भने प्रथम उपाध्यक्षमा राजबहादुर गुरुङ(राजेस) र माओत्से तुङ गुरुङ, द्धितीय उपाध्यक्षमा सुवेदार जसबहादुर गुरुङ र बुटवलका धनबहादुर गुरुङको उमेदवारी परे पनि माओत्सेतुङ गुरुङ र धनबहादुर गुरुङले सहमतिमा नाम फिर्ता लिएका थिए। सचिव पदमा भने कसैको उम्मेदवारी परेन।

यसरी नै अधिवेशनले जिफानको प्राविधिक विभाग प्रमुखमा प्रेमबहादुर गुरुङ, आर्थिकविभाग प्रमुखमा राजेश गुरुङ (सानु), निर्देशक निर्माता विभाग प्रमुखमा नौजंग गुरुङ, गीत संगीत विभाग प्रमुखमा नरजंग गुरुङ, बजार व्यवस्थापन विभाग प्रमुखमा भोजबहादुर गुरुङ, भाषा सँस्कृति विभाग प्रमुखमा गुञ्जबहादुर गुरुङ, महिला विभाग प्रमुखमा रसिला गुरुङ, संघ संस्था समन्वय विभाग प्रमुखमा बलबहादुर गुरुङ र प्रचार प्रसार विभाग प्रमुखमा लब्सन गुरुङ चयन भएका छन्।

यसरी नै सदस्यहरुमा थमन गुरुङ, निस्ता गुरुङ, धनकुमारी गुरुङ, तीर्था गुरुङ, माया गुरुङ, पवित्रा गुरुङ, सपना गुरुङ र धनबहादुर गुरुङ चयन भएका छन्।

नेतृत्व चयनका लागि जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङको संयोजकत्वमाकानुनी सल्लाहकार अधिवक्ता जुनाकुमारी गुरुङ, पूर्व कानुनी सल्लाहकार कृष्णकुमार गुरुङ, सल्लाहकार कृष्ण गुरुङ र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रचार सचिव मनोज गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

निर्वाचित महासचिव प्रितम गुरुङ, प्रचार प्रसार विभाग संयोजक लब्सन गुरुङ, सदस्यहरु माया गुरुङ, पवित्रा गुरुङ र सपना गुरुङले तत्कालै राजीनामा दिका छन्। सहमतिको नाउँमा गुटबन्दी गरी अक्षमहरुले भरिएको कार्यसमितिले जिफानको उद्धेश्य प्राप्ति नहुने भएकाले समयमै राजीनामा दिएको उनीहरुको भनाई थियो। गुरुङ फिल्म एशोसियसन नेपाल भनिए पनि गुटबन्दी कै कारण कास्की बाहिरा जिल्लालाई कार्यसमितिमा समावेश नगरिएको राजीनामा दिनेहरुको भनाई छ।

शुक्रवार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले उद्घाटन गरेको अधिवेशनमा नेपालभरका करिब दुई सय प्रतिनीधि पर्यवेक्षकको सहभागिता रहेको थियो।





Comments

comments

Leave a Reply

8011