Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुरशाला आइडल जुनियर प्रतियोगिता हुने

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ। शुरशाला म्युजिक एकेडेमीले “सुरशाला आइडल जुनियर” नाम दिएर चाँडै नै गायन प्रतियोगिता सुरु गर्न लागेको छ।

सन् २००४ मा स्थापना भएको यस सुरशाला म्युजिक एकेडेमीले गायन तथा संगीत सिक्नेहरुको लागि नियमित रुपमा सिकाउदै आएको छ। यस अघि पनि बैसाख १२ को भूकम्पसंगै शुरशाला म्युजिक एकेडेमी ले विभिन्न स्थान, सेल्टर, बिध्यालयहरुमा पुगेर स-साना बालबालिकादेखि लिएर सम्पूर्ण मानिसलाई म्युजिकल थेरापी दिएर सामाजिक कार्यमा पनि अग्रणी भूमिका निर्बाह गर्दै आएको छ।

प्रतिभाहरुको खोजि गर्दै मुलुकलाई एक कुसल गायक, गायिका, म्युजिसियनहरु उत्पादन गर्ने उद्देश्यले अब चाडै नै सुरशाला आइडल जुनियर प्रतियोगिता सुरु हुन गइ रहेको र अहिले तत्कालको लागि काठमाडौंलाई बेस बनाएर यस सिङ्गिङ्ग प्रतियोगिता सुरशाला आइडल जुनियर हुन लागेको हो।

प्रतियोगिता यहि आउदो कार्तिकबाट सुरु हुन लागेको र अडिसन राउण्ड यहि आउदो भाद्र १० देखि असोजसम्म हुने जानकारी सुरशाला म्युजिक एकेडेमीका चियरम्यान तथा गायक अमृत क्षेत्री दिए।

प्रतियोगिताको बिजेतालाई सुरशाला म्युजिक एकेडेमीको तर्फबाट नगद पुरस्कार, ट्रफी, सुरशालामा छात्रवृति,गीत र भिडियो रेकर्डिङ साथै मा रु ३,५०,०००( रु तिन लाख पचास हजार) मूल्य बराबरको प्रथम पुरस्कार प्रदान गरिने भएको छ। त्यसै गरि दोस्रो पुरस्कारमा नगद, ट्रफी, सुरशालामा छात्रवृति,गीत र भिडियो रेकर्डिङ साथै मा रु २,२५,०००( रु दुइ लाख पच्चीस हजार) बराबरको पुरस्कार र तेस्रो पुरस्कार मा नगद तथा शुरशालामा छात्रवृति साथै रु १,६०,००० (रु एक लाख साठी हजार) मूल्य बराबरको पुरस्कार प्रदान गरिने छ।

टप टेनभित्र पर्ने उत्कृष्टहरुलाई पनि रु ५०,०००।- बराबरको सुरशालामा छात्रवृति ६ महिनासम्मको लागि प्रदान गरिने जानकारी पनि अमृत क्षेत्रीले बताए।





Comments

comments

Leave a Reply

8009