‘मेरी बास्सै’ की निर्मली, ठ्यास कुमारी अर्थात निरु खड्का

विजय थापा/ एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। कलाकारिता क्षेत्रमा राम्रो अभिनय गर्दै आएकी निरु खड्कालाई धेरै परिचय दिई रहनु नपर्ला। निरन्तर रुपमा कला क्षेत्रमा डुबुल्की मारिरहेकी हास्यकलाकार /निर्देशक/नृत्यांगना निरु खड्का”निर्मली ” अमेरिकामा आउदो अगस्त २९ तारिखबाट सुरु हुने २०७२ तीज,दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रमको लागि अन्य कलाकारसंग अमेरिका आउने भएकी छिन्।

अगस्त २९ देखि नोवेम्बर १ सम्म अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शन हुने उक्त कार्यक्रममा उनको बेजोड प्रस्तुति हुने छ भने झन्डै २ महिनासम्म उनको अमेरिका बसाई हुने पक्का भएको छ।

हास्यश्रृंखला ‘मेरी बास्सै’ मार्फत स्थापित भएकी निरुलाई ‘निर्मली’ तथा ‘ठ्यास कुमारी’ बाट चिनिन्छ। श्रृंखलामा धुर्मुसकी दिदीको भूमिका निर्वाह गरेर चर्चा र परिचर्चाको शिखरमा पुगेकी निरु अभिनयमा मात्र सीमित छैनन्।

अमेरिकामा हुने सांगीतिक कार्यक्रमको समुद्घाटन पेंसेलभेनिया राज्यको पिट्सबर्ग शहर अगस्त २९ तारिखमा हुने भएकोले उनको पहिलो प्रस्तुति त्यहाँ हुने भएको छ। अगस्त २७ तारिख उनी अमेरिका उत्रिने भएकी छिन्।

उनले नेपाली समुदाय रहेका अन्य मुलुकमा थुप्रै कार्यक्रम दिई सकेकी छिन् भने सांगीतिक श्रब्य दृश्य (भिडियो)मा अभिनय तथा नृत्य प्रदर्शन गरिसकेकी निरु हास्यास्पद बनाउन खप्पिस छिन्।

बहु प्रतिभाशाली निरुले नेपालबाट कुराकानी गर्दै अमेरिका मेरो लागि दोश्रो पटक भएकोले म अझ बढी उत्साहित छु भनिन्। अमेरिका जस्तो मुलुकमा झन्डै २ महिनासम्म प्रस्तुति गर्ने मौका पाइने भएकोले नेपाली तथा नेपाली भाषी समुदायसंग अझ नजदिक हुने अवसर मिल्ने भएकोमा हर्षित भएको उनले बताइन्।

अमेरिकाको पहिलो भ्रमणमा दर्शकहरुबाट निकै सकरात्मक प्रतिक्रिया पाएको थिए l दोश्रो पटकको भ्रमणमा अझ राम्रो प्रतिक्रिया ,माया तथा हौसला पाउने आशा रहेको बताईन l

अमेरिका आउने समय नजिकिदै जादा एउटा विशिष्ट नृत्य, तीज दशैँ तथा तिहार कार्यक्रम भएकोले एउटा तीज गीत नृत्य तथा अर्को आइटम नृत्यको तयारीमा रहेको उनले बताइन्। समय र आयोजकको साथ पाए एउटा छोटो १० मिनेटको एकल हास्य प्रस्तुतिको लागि पनि तयार रहेको उनले बताइन्।

कलाकारहरु दर्शकको माया, हौसला र उत्साह चाहन्छन् उनले भनिन्। अमेरिकाको व्यस्त जीवनमा समय मिलाएर कार्यक्रम हेर्न आउनु नै गर्वको कुरा भएकोले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कलाकारलाई हौसला प्रदान गरि दिन कार्यक्रममा उपस्थितिको लागि निरुले बिशेष आग्रह गरेकी छिन्।

२०७२ तीज ,दशैं तथा तिहार धमाका वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रालिको संयुक्त आयोजनामा हुने जानकारी यसका संस्थापक /प्रमुख बुद्धिप्रसाद रेग्मीले दिए। निरुका कार्यक्रम आफू नियमित हेर्ने र बहुप्रतिभाशाली कलाकार भएकोले कार्यक्रमको लागि बोलाईएको आयोजक प्रमुख रेग्मीले बताए।





Comments

comments

Leave a Reply

8007