हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५१ पुगेको छ।

[wds id=”2″]
.

आयातित सङ्क्रमितमा बेलायतबाट आएका १६ वर्षीय विद्यार्थी रहेका छन्। बेलायतबाट आउंदा उनमा कुनै लक्षण थिएन। उनी क्वारेन्टाइन अवधिमा हुङ्ग होमको केरी होटलमा बसेका थिए।

यतिबेला कोरोना सङ्क्रमित ५२ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

43539