हङकङ कोरोना न्युज अपडेट : हङकङमा फेरि थपिए १ स्थानीय कोरोना सङ्क्रमित…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार एक जना स्थानीय कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५२ पुगेको छ।

.

आइतवार दिउँसो एक प्रेस सम्मेलनमा बोल्दै स्वास्थ्य संरक्षण संचार रोग शाखा केन्द्रकी प्रमुख चुङ शुक-वानले एयरपोर्टमा काम गर्ने ५० वर्षीय कामदारमा कोरोनाको म्युटन स्ट्रेन पोजिटिभ देखिएको बताएकी छन्। उनी 1-3 Kam Fung Street, Wong Tai Sin का निवासी हुन्।

यतिबेला कोरोना सङ्क्रमित ५८ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43550