बागलुङमा सवारी कारबाहीबाट ६७ लाख राजश्व सङ्कलन

गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारी साधान कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

फाइल फोटो

ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बद्रिनाथ शर्माले जानकारी दिए । “गाउँदेखि शहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्घन भइरहेको छ”, उनले भने, “यसलाई थप व्यवस्थित बनाउन लागिपरेको छु ।”

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी कार, जीपका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका पाँच हजार १४१ कार जीपबाट रु २७ लाख ६३ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार ८६८ मोटरसाइकलबाट रु २३ लाख नौँ हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै गत आर्थिक वर्षमा कारवाहीमा परेका एक हजार ३६९ ट्याक्टरबाट रु सात लाख ३६ हजार ५००, एक हजार २६० ट्रकबाट रु सात लाख १३ हजार ५००, ४५३ बसबाट रु दुई लाख ४४ हजार गरी ६७ लाख ७३ हजार ५०० र अन्य नौँ वटा साधनबाट छ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शर्माले बताए ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी कारबाहीबाट गत आर्थिक वर्षको साउनमा रु दुई लाख ८३ हजार, भदौमा रु तीन लाख २२ हजार ५००, असोजमा रु ६ लाख तीन हजार ५००, कात्तिकमा रु ६ लाख एक हजार ५००, मङ्सिरमा रु ६ लाख ६७ हजार ५००, पुसमा रु सात लाख दुई हजार ५००, माघमा रु सात लाख २३ हजार ५००, फागुनमा रु सात लाख ४८ हजार ५००, चैतमा रु सात लाख ५१ हजार, वैशाखमा रु पाँच लाख ५४ हजार, जेठमा रु तीन लाख १० हजार ५०० र असारमा रु पाँच लाख पाँच हजार ५०० राजश्व सङ्कलन भएका छन् ।

ट्राफिक प्रहरीले सबैभन्दा बढी राजश्व चैत महिनामा सङ्कलन गरेको छ । चैत महिनामा रु सात लाख ५१ हजार सङ्कलन गरेको छ भने सबैभन्दा कम साउन महिनामा गरेको छ । साउन महिनामा दुई लाख ८३ हजार मात्रै राजश्व सङ्कलन भएको छ ।

रासस





Comments

comments

Leave a Reply

43697