Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पहिले गुलेली हान्ने अनि स्लोली-स्लोली भन्ने ?

काठमाडौं, फागुन ३ – एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनको हल्ला पिटाउनु हास्यास्पद भएको बताएका छन्।

मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) को चौथो राष्ट्रिय अधिवेशनको शनिबार उद्घाटन गर्दै ओलीले सो भनाइ राखेका हुन्।

उनले हिंसा मच्चाउने उद्देश्यले आन्दोलन घोषणा गरेर एमाओवादीले शान्तिपूर्ण आन्दोलनको हौवा फैलाएको दावीसमेत गरेको समाचार आजको राजधानी दैनिकले छापेको छ। ‘पहिले गुलेलीले हान्ने, त्यसपछि स्लोली–स्लोली भन्ने ?’ संविधानसभाभित्रै हिंसा र तोडफोड मच्चाएर एमाओवादीले शान्तिपूर्ण आन्दोलनको हौवा पिटाएको भन्दै ओलीले भने,‘यस्तो तरिका पूरै बेठीक छ, उनीहरुले हिंसा मच्चाउनकै लागि आन्दोलनको कुरा गरिरहेका छन्।’





Comments

comments

4383