Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भ्यालेन्टाइन डे कै दिन विवाह मन्डपबाटै बेहुला भागेपछि …

काठमाडौं, फागुन ३ – आफैंले मन पराएर जीवनसाथी बनाउन लागेको बेहुली छाडी बेहुलो नै मण्डपबाट भाग्यो भन्दा पत्याउन निकै गाह्रो पर्छ। तर,शनिबार काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा यस्तै अपत्यारिलो घटना भएको छ।

तामझामका साथ आएका झापाका एक युवक आधा विवाह सकिएपछि विवाह मण्डपबाटै भागेका छन्। कुनै कारण नबताई बेहुलो भागेपछि बेहुली पक्ष भने मर्माहत हुन पुगेका छन्। झापा कुमरखोद स्थायी घर भएका नेत्रप्रसाद काफ्ले शनिबार दिउँसो पागलको नाटक गरी विवाह मण्डपबाट भागेका हुन्।

उनी बेहुला बनेर झापा बुधबारे स्थायी घर भई हाल गुहेश्वरी बस्दै आएकी खतिवडा थरकी युवतीलाई बेहुली बनाएर आफ्नो घर भित्राउन राम मन्दिर आएका थिए। विवाहका लागि सबै सामग्री तयार पारी जन्तीसहित बेहुली लिन राम मन्दिर पुगेका बेहुला काफेले एक्कासी पागलको नाटक गरी मण्डप छाडेर हिँडेका हुन्। ‘पागल भएको नाटक गरी बेहुला एक्कासी भागे’ घटनाका प्रत्यक्षदर्शीले भने। बेहुला मण्डप छाडेर हिँडेपछि बेहुलीका आफन्त न्याय माग्दै प्रहरी कार्यालय पुगेको समाचार आजको राजधानी दैनिकले छापेको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार तामझामका साथ मन्दिर प्रवेश गरेका बेहुला काफ्लेको केटी पक्षले स्वागत सत्कार पनि राम्रै गरेका थिए। तर के कुरामा चित्त बुझेन कुन्नी उनी त विवाह आधा हुनलाग्दा पागलको जस्तो नाटक गर्न थाले। त्यति मात्र होइन,विवाह मण्डप नै छाडेर हिँडेपछि बेहुली र जन्तीहरु अलमलमा परेका थिए।

गौशाला वृत्तका प्रहरी निरीक्षक पृथ्विीनारायण ओलीका अनुसार शनिबार साँझ बेहुलाले मण्डप छाडी हिँडेको उजुरी परेको थियो। प्रहरीले साँझ दुवै पक्षलाई छलफलका लागि बोलाएको भए पनि बेहुलाले किन मण्डप छाडेको भन्नेबारे केही खुलेको छैन। काफ्लेले पनि प्रहरीसँगको छलफलमा केही बताएका छैनन्।





Comments

comments

4379