Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अर्थमन्त्री महतलाई हङकङमा किन देखाइयो कालो झण्डा ?

रविन लिङदेन / एचकेनेपाल डट कम-
हङकङ, १५ फेव्रुअरी। अर्थमन्त्री डा. रामशरण महतलाई पहिचान विरोधी भन्दै हङकङमा सडकको विच बाटोमै कालो झण्डासहित विरोध प्रर्दशन गरेको छ।

जापानबाट मकाउ जाने क्रममा हङकङ निस्किएका अर्थमन्त्री महतसंग “भेटघाट तथा रात्रिभोज कार्यक्रम” को आयोजना नेपाली जनसम्पर्क समिति हङकङले गरेको थियो।

जोर्डनस्थित एक नेपाली रेष्टुरेण्टमा विहिवार साँझ आयोजना गरेको उक्त कार्यक्रममा उनी प्रमुख अतिथिको रुपमा उपस्थित भएको कार्यक्रममा यहाँका पहिचानवादी शक्तिहरुले सडक विचमै विरोध प्रदर्शन गरेका थिए। डा. महत नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत हुन्।

हङकङ अन्तर्राष्ट्रिय विमान स्थलबाट वेलुका करिव १० वजे जोर्डनस्थित रेष्टुरेण्ट आइपुगेका अर्थ मन्त्रीलाई गाडीबाट उत्रिने वितिकै हातहातमा कालो झण्डा र प्ले कार्ड बोकेका पहिचानवादीहरुले “पहिचान विरोधी–मुर्दावाद, पहिचान सहितको संघीय संविधान–जारी गर, पहिचानवादी एकता– जिन्दावाद, जनजाति मुलको महावाणिज्यदूत–नियुक्ति गर” जस्ता चर्का नारा लगाउदै विरोध प्रदर्शन गरेका थिए।

हङकङमा यसअघि २०१२ को जुलाई महिनामा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत पहिचान विरोधी भन्दै कालो झण्डासहित विरोध प्रदर्शन गरेको थियो।

तस्वीरहरूः रविन लिङदेन र जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम। थप तस्वीरहरू यहाँ छन्।





Comments

comments

4381