Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युके र हङकङको लाहुरे भन्दै युवतीहरुलाई फसाएपछि

काठमाडौं, फागुन ३ – युवतीहरूलाई विभिन्न बहानामा फसाएर लाखौं रुपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन्।

झापा धरमपुर घर भएका वीरबल तामाङले युवतीहरूसँग प्रेम सम्बन्ध हुँदै विवाहसमेत गर्ने भन्दै ठग्ने गरेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबीका अनुसार यिनले आफूलाई बेलायती र हङकङको लाहुरे भएको बताउँदै नजिक हुने गरेका थिए।

त्यही बीचमा आफूलाई कुनै कामले पैसा चाहिएको भन्दै रकम निकाल्ने गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ। ती युवतीहरूको एटीएम कार्डसमेत लगेर चलाउने गरेको प्रहरीले जनायो।

ब्युरोका अनुसार यिनले फरक युवतीलाई आफ्नो परिचय दिने गरेका थिए।





Comments

comments

4375