Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालकी छोरीले चुनाव जितेपछि भारतमा लफडा

नयाँ दिल्ली, फागुन ३ – भारतको तल्लो सदन लोकसभामा प्रत्युसा राजेश्वरी सिंह विजयी भएको विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले लफडा गरिरहेको छ। उनी नेपाली पिता र भारतीय आमाकी छोरी हुन्।

गत अक्टबरमा भएको उपनिर्वाचनमा बिजु जनता दल (बिजेडी) की उम्मेदवार सिंहले भाजपाकी रुद्रमाधव रेलाई ३ लाख मत अन्तरले हराएकी थिइन्। ठूलो मतान्तरको हारबाट रन्थनिएका भारतीय जनता पार्टीका उम्मेद्वार रेले सिंह नेपाली नागरिक भएको भन्दै उनको लोकसभा सदस्यता खारेज माग गर्दै उडिसा उच्च अदालतमा रिट दायर गरेका हुन्। भारी मतान्तरले विजय भएकी सिंहले अझै भारतीय नागरिकता नलिएको आरोप लगाएका छन्।

अदालतमा लिखित जवाफ दिँदै प्रत्युसाले भाजपा नेताको भनाइ गलत भएको उल्लेख गरेकी छिन्। ‘म नेपाली पिता र भारतीय आमाबाट भारतमा जन्मिएकी हुँ’। उनले भनेकी छिन्, ‘सन् १९७१ मा मेरा अभिभावकहरु छोटो राँचीमा बसोबास गर्दा म जन्मिएकी हुँ।’ उनले रिटमा सत्यता नभएको भन्दै खारेजीको माग गरेको समाचार नागरिक दैनिकको अनलाइन संस्करणमा प्रकाशित छ।

बिजेडी सांसद प्रत्युसाविरुद्ध रिट दायर गर्ने भारतीय जनता पार्टीका उम्मेदवार सिंह गत वर्ष मे मा भएको आम निर्वाचनमा विजयी भएका थिए। तर उपनिर्वाचनमा प्रत्युसासँग उनको लज्जास्पद पराजय भएको थियो।

प्रत्युसा पूर्व सांसद हेमेन्द्र चन्द्र सिंहकी श्रीमती हुन्।





Comments

comments

4414