Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युवतीलाई हत्यापछि जलाइएको थियो

खोटाङ, फागुन ४ – जलेर मृत्यु भएको भनिएको खोटाङकी एक युवतीको हत्यापछि जलाइएको खुलासा भएको छ। फेदी-४ की २२ वर्षीया निर्मला भन्ने शुष्मा राईको हत्यापछि जलाइएको प्रहरीले जनाएको छ।

गत माघ-२ गते राति २ बजे उनकै श्रीमान् २४ वर्षीय सुदीप राईले हत्या गरी त्यसलाई ढाकछोप गर्न घरमा आगो लगाएको खुलासा भएको प्रहरी नायव निरीक्षक यादव गौतमले बताए। कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

शुष्माको मृत्युपछि माइती पक्षको जाहेरीको आधारमा सुदीप राई र स्थानीय २७ बर्षीय दुर्गाधन राईलाई माघ-१८ गते पक्राउपछि अनुसन्धानको क्रममा हत्या गरिएको खुलासा भएको गौतमको भनाइ छ। शुष्माको पेटमा पाँच महिनाको गर्भ रहेको मृत्युपछि पोष्टमार्टममा देखिएको अस्पताल स्रोतले जनाएको छ।





Comments

comments

4433