हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार २ जना आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९७४ पुगेको छ। यद्यपि, स्थानीय कोरोना सङ्क्रमित भने थपिएको छैन।

आयातित सङ्क्रमितमा संयुक्त अरब एमिरेट्स र बंगलादेशबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये २२ जना आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३३ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43869