कलाकारले हेलम्बुका बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने…

गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन्।

कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारले जनाएका छन्।

गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिश्मा मानन्धरलगायत कलाकारको टोलीले मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेको करिश्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए । मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहित घरवास बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए।

रासस





Comments

comments

Leave a Reply

43863