हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९७६ पुगेको छ।

.

आयातित सङ्क्रमितमा संयुक्त अरब एमिरेट्स र अमेरिकाबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये २३ जना आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३३ जनाको उपचार भइरहेको छ। १ जनाको अवस्था क्रिटिकल रहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43892