हङकङ : हाईकिङ गएकी नेपाली युवतीको डुबेर मृत्यु….

न्युज डेस्क / एचकेनेपाल डट कम –

अपडेटः हङकङ, २५ जुलाई।

हाईकिङ गएकी २३ वर्षीया नेपाली युवतीको शनिवार साँझ मृत्यु भएको छ। चुन वानस्थित Chiu Tam Path, Tso Kung Tam मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको समाचारमा जनाएको छ।

मृत्यु हुनेमा युन लङमा बस्ने २३ वर्षीया नेपाली युवती बिनिता गुरुङ ( नेहा ) रहेकी छन्।

दुई जना केटी साथी मिलेर हाईकिङ जाँदा एक जनाले साथी बेपत्ता भएपछि प्रहरीलाई करीव ६ बजे उद्धारको लागि खबर गरेकी थिइन्।

फोटो सौजन्यः कुशल कार्की

खबर पाउन साथ त्यहाँ पुगेको उद्धारकर्मीले वेपत्ता भएकी बिनितालाई अचेत अवस्थामा पानीमुनी फेला पारेका थिए। उनलाई प्राथमिक उपचारसहित तत्कालै एम्बुलेन्समा हालेर यान चाई अस्पताल लगिएको थियो। चिकित्सकले बिनितालाई अस्पतालमा मृत घोषित गरिएको हो।

‘हामीसंगै काम गर्ने बिनिता गुरुङ बहिनी हो।’ दुखद खबरबारे आफूलाई सुपरभाइजरले बताएको संगीता गुरुङले एचकेनेपाल डट कमलाई जानकारी दिइन्।

हिजोको दुखद घटनामा नेपाली परेको कुशल कार्कीले जानकारी दिए। अस्पतालमा बिनिताको मृत शरीर हेरेर आएका बताउंने कुशलले हामीलाई बिनिताको फोटो उपलब्ध गराएका हुन्। कार्कीका अनुसार नेपालमा काठमाडौं र पहाडको घर पाँचथर भएकी बिनिता हङकङमा युन लङमा बस्दै आएकी थिइन्।

पछिल्लो समय हङकङमा हाईकिङ गएका पैदलयात्रीहरुको पौडी खेल्ने क्रममा डुबेर, चिप्लेर वा प्रचण्ड गर्मीका कारण मृत्यु हुने गरेका छन्। कतिको दिनौंसम्म हराएर बेपत्ता भएका घटना घटिरहेका छन्।





Comments

comments

Leave a Reply

43897