हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९८० पुगेको छ।

आयातित सङ्क्रमितमा स्पेन र स्विजरल्याण्ड घुम्दै हङकङ आएका ३७ वर्षीय पुरुष रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित २६ जनाको उपचार भइरहेको छ। आज ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। १ जनाको अवस्था क्रिटिकल रहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

43975