हङकङकी जलपरीले जितिन् रजत पदक !

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ जुलाई। हङकङकी जलपरीले बुधवार टोकियो ओलम्पिकमा रजत पदक जितेकी छन्।

हङकङकी जलपरी Siobhan Bernadette Haughey ले २०० फ्री स्टाईलमा हङकङको लागि रजत पदक जितेर इतिहासमा आफ्नो नाम दर्ज गराइएकी छन्।

पौडी खेलमा हडकङले पदक जितेको यो पहिलो र ऐतिहासिक हो। उनले हङकङको राष्ट्रिय र एसियाको नयाँ कीर्तिमान आफ्नो नाममा पारेकी छन्।

आयरिश बाबु र हङकडेली आमाकी छोरी Haughey सन् १९९७ मा हङकङमा जन्मेकी हुन्।





Comments

comments

Leave a Reply

43995