हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९८३ पुगेको छ।

आयातित सङ्क्रमितमा तान्जानिया र अमेरिकाबाट आएका २ पुरुष रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित २४ जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44026