हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय र आयातित कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

जुलाई महिनामा स्थानीय र आयातित कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको यो छैठौं पटक हो। हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९८५ पुगेको छ।

पछिल्लो १४ दिनमा जम्मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित २४ जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44066