निगमको काठमाडौं-हङकङ उडान १७ तारिखदेखि सुचारु हुने..

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, १० अगष्ट । कोरोना महामारीका कारण रद्द भएको नेपाल वायुसेवा निगमको काठमाडौं – हङकङको उडान अगष्ट १७ तारिखदेखि सुचारु हुने भएको छ।

फाइल फोटो

काठमाडौं-हङकङको उडान अगष्ट १७ तारिखदेखि सुचारु हुने जानकारी टिकट विक्री गर्ने एजेन्टहरुबाट सार्वजनिक भएको हो। उनीहरुका अनुसार निगमको उडान हरेक मंगलबार हुनेछ।

यद्यपि, निगमले काठमाडौं-हङकङ उडानको आधिकारिक कार्यतालिका भने सार्वजनिक गरेको छैन।

हामीले आधिकारिक जानकारी लिन सम्पर्क गर्दा हङकङ स्टेशनका कन्ट्री म्यानेजर नवराज उपाध्यायले अगष्ट १७ तारिखदेखि काठमाडौं – हङकङको उडान सुचारु गर्ने अन्तिम तयारी भइरहेको बताए। ‘हामीले उता (नेपाल) बाट अनुमति पर्खिरहेका छौं। त्यसपछि भाडादर र आधिकारिक कार्यतालिका सार्वजनिक गर्नेर्छौं।’

हङकङ सरकारले हालै उच्च जोखिम भएका देशबाट आउने यात्रीको क्वारेन्टिन व्यवस्थालाई अलि खुकुलो बनाएको छ। ताकि हङकङका बासिन्दाहरु कोभिड -१९ को खोप लगाएपछि हङकङ फर्कन सकून्। यसअघि नेपाल, बेलयातलगायत उच्च जोखिम रहेका देशबाट हुने उडान प्रतिबन्धित थियो।

त्यस्तै, अगष्ट १७ तारिख रातिदेखि ब्रिटिश एयरवेजको हङकङ- लन्डन हीथ्रोको उडान पनि सातामा १० पटक हुने भएको छ।

हङकङले नेपालसहित ब्राजिल, भारत, इन्डोनेशिया, आयरल्याण्ड, पाकिस्तान, फिलिपिन्स, रूस, दक्षिण अफ्रिका र बेलायतलाई ग्रुप ए (उच्च जोखिम) को सूचीमा समावेश गरेको छ। नेपालसहित यि देशबाट हङकङ आएका यात्रीले २१ दिन क्वारेन्टिन र थप ७ दिन सेल्फ मनिटरिङमा बस्नु पर्ने जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

44340