गोरखा सत्याग्रहीहरुमाथि बेलायती प्रहरी हस्तक्षेपको सर्वत्र भत्सर्ना र घृणा व्यक्त..


सन्तोष थलङ –

१० अगष्ट २०२१ का दिन बेलायती प्रहरीहरुले गोरखा आमरण अनशनकारीहरुमाथि गरेको हर्कतका कारण बेलायत सरकारको अपराध र षडयन्त्रको सर्वत्र घृणा र निन्दा भएको छ।

सम्पूर्ण गोरखा समुदायसाथै नेपाल र नेपालीको अस्तित्व र स्वाभिमानका खातिर आफ्नो सुन्दर जीवन दाउमा राख्दै आमरण अनशनमा उत्रिएका अदम्य साहसी अभियन्ताहरलाई हतोत्साहित गर्ने MoD को घृणित हर्कतले वीरका पनि वीर गोरखाहरु क्रमशः ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङको दृढ संकल्प र सहास एवं गोरखा सत्याग्रहको न्यायिक आन्दोलन थप विश्वभर सर्वत्र प्रचार प्रसार भएको छ।

भनिन्छ नि, पापले पोल्छ रे हो त्यहि भयो छद्म वेशी ब्रिटिश सरकारलाई। उसको काला कर्तुत आफै उत्घाटित गर्दैछ। अब बेलायती सरकारलाई ब्रिटिश भेट्रान, बेलायती जनता, संचार जगत र प्रतिपक्षी दलले समेत छाड्ने छैनन्।

सन्तोष थलङ

अब हेर्नुछ, MoD को एजेण्ट भएर आफ्नै गोरखाहरुमाथि गोरखा संस्थाहरुका नाम बेचेर अन्तरघात गर्ने नैतिकताबिहिन बिकाउ गोरखाहरुको गोरखा समुदायले कसरी मूल्यांकन गर्दारहेछन् ..!

अन्य वेलायतवासी गोरखा समुदायहरु जो जान-अन्जानमा आफ्नै आन्दोलन हो भन्ने नबुझेर या ब्यक्तीवादी चरित्रका कारण मनमा कुण्ठा बोकेर यो ऐतिहासिक आन्दोलनमा खुलेर आउन नसकेका भए उनीहरुले जिवनमा ऐतिहासिक भुल गर्दै छन्। उनीहरुको आजको गलत कृयाकलापको कारण भावि सन्ततिहरुले भविष्यमा समाजमा लज्जाबोध गर्नपर्ने तितो क्षण आउंदा अवश्य आफ्ना पिता पुर्खालाई धिक्कार्ने छन्।

यो ऐतिहासिक निर्णायक आन्दोलनलाई प्रभावकारी ढंगले व्यवस्थापनमा अहोरात्र खटिएका सत्याग्रहका प्र. संयोजक कृष्णबहादुर राईलगायत केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको उच्च सम्मान गर्दै सम्पूर्ण गोरखा समुदाय आभारी हुनै पर्दछ।

त्यसैगरी, नेपाल सरकारलाई गम्भीरताका साथ जिम्मेवार बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सत्याग्रह नेपालका संयोजक एलबी घिसिङलगायत नेपाल च्याप्टरका पदाधिकारीहरुको अथक मिहिनेतको गोरखाहरु सदा ऋणी बन्नेछन्।

गोरखा आन्दोलनलाई सल्लाह, हिम्मत र हौसला प्रदान गर्दै आउनु भएका प्रो. डाक्टर यूवराज संग्रौला, सोलिसिटर राजु थापा, सोलिसिटर आरिफ र ब्रिटिश भेट्रानहरुलाई सम्पूर्ण गोरखा समुदायकातर्फबाट धन्यवाद ज्ञापन गर्दै आन्दोलन निष्कर्षमा नपुगुञ्जेल उहाँहरुको निरन्तर साथ सहयोगको अपेक्षा गरिएको छ।

जय गोरखा !!!
(११ अगष्ट २०२१)





Comments

comments

Leave a Reply

44421