‘नाच्ने हो बेसरी’ तिज गीत सार्वजनिक..

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको आवाजमा नयाँ तिज गीत ”नाच्ने हो बेसरी ” भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ। तिजको महत्वलाई गीतमा समेटिएको छ। तिज पर्वमा आपसमा दिदीबहिनी भेला भएर गीत गाएर नाच्नको लागि गायिका तृप्ती आतुर रहेकी छन्।

दिनेश पराजुलीको छायाँकन, राजेश कुमारको सम्पादन तथा टिकाराम विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ। ”नाच्ने हो बेसरी ” गीतको भिडियोमा डीमोन क्षेत्री र अर्नबी ढुगांनाको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

44489
%d bloggers like this: