हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०३४ पुगेको छ।

आयातित सङ्क्रमितमा मेक्सिकोबाट आएकी ३४ वर्षीया महिला रहेकी छन्।

पछिल्लो १४ दिनमा जम्मा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये १ जना स्थानीय र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३८ जनाको उपचार भइरहेको छ। आज ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44493