हङकङ – याउ मा तेई टोइलेटमा नेपाली मृत भेटिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ अगष्ट । याउ मा तेईस्थित शौचालयमा सोमवार विहान एक नेपाली पुरुष मृत अवस्थामा भेटिएका छन्।

फाइल फोटो

स्थानीय समाचार माध्यमका अनुसार विहान करीव ६ बजे No. 10 Market Street, Yau Ma Tei को टोइलेटमा अचेत अवस्थामा एक पुरुष भेटिएपछि उद्धारको लागि प्रहरीलाई खबर गरिएको थियो।

प्यारामेडिक्स टोलीले परीक्षण गर्दा उनको मृत्यु भइसकेको जनाएको छ।

आईडी जाँच गर्दा उनी ३० वर्षीय नेपाली पुरुष भएको खुलेको हो। समाचारमा मृतकको थप पहिचान खुलाइएको छैन।

मृत्युको कारण थाहा हुन सकेको छैन। समाचारमा शवको परीक्षण हुन बाँकी रहेको जनाइएको छ।

👉 अपडेट: मृतकको परिवारले शव सनाखत गरेको छ। मृतकका मादेन थरका भाइले विहानदेखि दाजुको फोनमा सम्पर्क नभएको हामीलाई जानकारी गराएका थिए। राम्रै अवस्थामा रहेका दाजु सम्पर्कमा नआएपछि प्रहरी कार्यालय गएका थिए। मृत्यु भएका नेपाली आफ्नै दाजु भएको उनले साँझ पुष्टि गरेका छन्।





Comments

comments

Leave a Reply

44502