Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कसरी आयो सुमार्गीलाई अरबौं रूपैयाँ ?

काठमाडौं, फागुन १२ – प्रक्रिया पूरा नगरेको भन्दै सरकारले व्यापारी अजय सुमार्गीको कम्पनीको नाममा दुई देशबाट पछिल्लो समय आएको ९ अर्ब ६५ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रस्ताव रोकेको छ।

छुट्टाछुट्टै कम्पनीका लागि साइप्रस र ब्रिटिश भर्जिन आइल्यान्डबाट ल्याउन लागिएको एफडीआई प्रस्ताव उद्योग विभागमा रोकिएको हो। राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउनुपर्ने आवश्यकता, चुक्ता गर्ने आधार, दर्ता कम्पनीको लेखापरीक्षण, कर्जा स्रोतलगायत ६ प्रश्न उठाएका कारण विभागले स्वीकृति प्रक्रिया अघि नबढाएको हो। यसअघि सुमार्गीले ३ अर्ब १० करोड रुपैयाँ भित्राउन स्वीकृति पाइसकेका छन्। उनले रकम ल्याउन खोजेका दुवै मुलुक लगानी बाहिर लान र ल्याउन सहज ट्याक्स हेभनका रुपमा चिनिन्छन्।

मुक्तीश्री सिमेन्ट उद्योगमा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार कम्पनीबाट उनले ४५ मिलियन अमेरिकी डलर (४ अर्ब ५० करोड रुपैयाँ) ल्याउने तयारीसहितको प्रस्ताव पेस गरेका छन्। साइप्रसको एरवेल कम्पनीबाट ६५ मिलियन डलर बराबरको एफडीआई दूरसञ्चार कम्पनी नेपाल स्याटलाइटमा ल्याउन अर्को प्रस्ताव गरिएको समाचार आजको दृष्टि साप्ताहिकले छापेको छ।





Comments

comments

4450