Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्ता छन् ३ श्रीमती, २० गर्लफ्रेन्ड भएका मान्छे

काठमाडौं, फागुन १२ – बिहे र प्रेमको नाटक गरेर वर्षौदेखि ठगी धन्दा चलाउँदै आएका युवक पक्राउ परेका छन्। व्यक्तिपिच्छे फरक–फरक परिचय दिई ठगी गर्दै आएका झापा धरमपुर–२ का वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा उनका तीन श्रीमती र २० भन्दा बढी गर्लफ्रेन्ड भएको खुलेको प्रहरीले जनाएको छ। तीमध्ये १३ जनाले प्रेमको नाटक गरी बलात्कार र ठगी गरेको भन्दै तामाङविरुद्द प्रहरीमा उजुरी दिएका छन्। केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार उनीविरुद्द ७२ लाख रुपैयाँ ठगीको उजुरी परेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। दुई जनाले जवरजस्ती करणीको जाहेरीसमेत दिएका छन्।

आफूलाई धनाढ्य व्यक्तिको रुपमा प्रस्तुत गरेर उनी युवतीहरुसँग नजिकिने गर्दथे। भाडाका कार चढ्ने तामाङले विभिन्न बहानामा गर्लफ्रेन्डहरुको पैसा थुत्ने र लाखौं हात पारेपछि छाडिदिने गर्दथे।





Comments

comments

4601