हङकङ कोरोना न्युज अपडेट- टुङ चुङमा बस्ने महिलामा देखियो कोराना, बेलायतबाट आएका २ आयातित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार एक स्थानीय कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

त्यस्तै, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०४० पुगेको छ।

आयातित सङ्क्रमितमा बेलायतबाट आएका दुई जना रहेका छन्।

स्थानीय सङ्क्रमितमा टुङ चुङमा बस्ने ४७ वर्षीया महिला रहेकी छन्। अगष्ट १५ मा ज्वरो आएपछि परीक्षण गर्दा उनमा डेल्टा वेरिएन्ट भाइरस पुष्टि भएको हो। उनमा देखिएको भाइरस सङ्क्रमणको स्रोत खुल्न सकेको छैन।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३७ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44549