हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो, ५ आयातित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, ५ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०४८ पुगेको छ।

आयातित सङ्क्रमितमा पाकिस्तान, जर्मनी, मलेसिया, टर्की र बंगलादेशबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको २ जना स्थानीय, १ जना बाहिरबाट आएर हङकङमा सङ्क्रमित भएका र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३६ जनाको उपचार भइरहेको छ। आज २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाबाट ३३ जनाको मृत्यु

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44605