तरवारले हानेर हत्केला छिनालियो

वीरेन्द्रनगर, फागुन ६ – वीरेन्द्रनगर-६ गणेशचोक निवासी कार्लमाक्स श्रेष्ठलाई अज्ञात समूहले तरबार प्रहार गरी देब्रे हातको हत्केलो छिनाइदिएका छन्।

बसपार्कमा ड्युटीका लागि जाँदै गरेका श्रेष्ठलाई वीरेन्द्रचोक नजिक मगंलबार बिहान पौने ५ बजे मोटरसाइकलमा आएका ३ जनाको अज्ञात समूहले तरबार प्रहार गरी हत्या प्रयास गरेका हुन्।

मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघमा एरिया इन्चार्ज पदमा कार्यरत कार्लमाक्स बिहानै कार्यालयमा आफ्नो काम गर्न जाँदै गर्दा पछाडिबाट आएको समूहले श्रेष्ठमाथि तरबार प्रहार गरेको प्रहरीले जनाएको छ। तलबार प्रहारले कार्लमाक्सको बायाँ हात चुँडिएको छ भने दुईवटै खुट्टामा गहिरो चोट लागेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ। आक्रमणबाट घाइते उनलाई उपचारका लागि जहाज चार्टर गरेर काठमाडाैं लगिएको छ।

श्रेष्ठलाई आक्रमण समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशकुमारलाल कर्णले बताएका छन्। उनले मुखमा मास्क लगाएर मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको बताए। आक्रमणकारीले मुखमा मास्क लगाएको हुनाले घटनास्थलमा उनीहरूलाई पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ। प्रहरी ड्युटी रहेको करिब एक सय मिटरको दूरीमा भएको उक्त घटनाका बेला भने प्रहरी ड्युटी स्थलमा थिएनन्।





Comments

comments

4468